stcnepal long ad
global ime bank long

नारायणगढ–मुग्लिन सडकका पन्ध्रवटा पुल निर्माण प्रक्रिया सुरु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः निर्माणको काम सकिएको वर्षौंपछि त्यस सडकमा रहेका १५ वटा पुलको निर्माण प्रक्रिया सुरु भएको छ । सडक विस्तारसँगै पुल निर्माण गर्नुपर्ने भए पनि विभिन्न कानुनी अन्योलका कारण पुल निर्माणमा ढिलाइ भइरहेको थियो ।
सरकारले पुल निर्माणका लागि कानुनी अड्चन खुला गरेर गत वर्षको चैत १० गते पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि अहिले पुल निर्माणको प्रक्रिया सुरु भएको सडक विभाग पुल महाशाखाका निर्देशक दीपक भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईले ढिलै भए पनि प्रक्रिया सुरु भएको छ । अहिले पुलको निर्माणका लागि ठेक्का भई डिजाइन निर्माणको काम भइरहेको छ भन्नुभयो । पुलको डिजाइन बनेपछि विभागले स्वीकृति दिएसँगै पुल निर्माणको काम सुरु हुनेछ ।
विभागले नारायणगढ–मुग्लिन सडकका १५ वटा पुल ‘डिजाइन एन्ड बिल्ड’को अवधारणामा निर्माण गर्न अनक कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेको छ ।

पुलको डिजाइन गर्दै निर्माण गर्ने कामलाई ‘डिजाइन एन्ड बिल्ड’  भनिन्छ । यसरी पुल बनाउँदा ठेक्का लाग्नुपूर्व वातवरण प्रभाव मूल्याङ्कन गर्नुपर्ने कानुनी अड्चन सरकारले फुकाएसँगै पुल निर्माणको बाटो खुलेको हो ।
सडकको ट्राफिक चापलाई ध्यानमा राखेर  ‘डिजाइन एन्ड बिल्ड’को अवधारणामा पुल निर्माण गर्ने योजना विभागले अगाडि सा¥यो तर वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी व्यवस्थाले  अन्योल थपेको थियो, निर्देशक भट्टराईले भन्नुभयो, सरकारले सबै कानुनी बाधा अड्चन फुकाएर पुल निर्माणका लागि सहज बनाइदिएको छ ।
सम्झौताअनुसार कम्पनीले पुुलको निर्माण कार्य ३३ महिनाभित्र सक्नुपर्ने छ । पुलका डिजाइन र निर्माण गर्नका लागि एक अर्ब २७ करोड पाँच लाख रुपियाँमा लागत ठेक्का  सम्झौता भएको  निर्देशक भट्टराईले जानकारी दिनुभयो । ३६ किलोमिटर दूरी रहेको नारायणगढ–मुग्लिन सडकमा रहेका १९ पुलमध्ये तीनवटा पुलको निर्माण कार्य यस अघि नै सकिएको र जलवीरे पुलको निर्माणको काम भइरहेको छ ।
झन्डै ३६ किलोमिटर सो सडकखण्डमा रहेका १९ वटा पुलमध्ये चारवटाको पुनः निर्माणको काम भइरहेको छ ।  सन् २०१५ को अप्रिलमा दुई लेनको बनाउने गरी सम्झौता भई पुनः निर्माणको काम थालनी भएको नारायणगढ–मुग्लिन सडक दुई वर्षअघि नै पूरा भएको हो । सडक निर्माणका लागि विश्व बैङ्कले तीन अर्ब ३६ करोड रुपियाँ खर्च गरिसकेको छ ।
नारायणगढ–मुग्लिन सडक निर्माण भए पनि प्रायः पुल जीर्ण र साँघुरो हुँदा जोखिमको यात्रा गर्नुपर्ने बाध्यता छ । अहिले भएको पुलको चौडाइ छ मिटरभन्दा कमका छन् ।

पुल निर्माणको नयाँ सम्झौताअनुसार तीन पुल खहरे खोला, चिसेन्जी र तुइन खोलाको चौडाइ नौ मिटर रहने छ, बाँकी पुलको चौडाइ ११ मिटर हुनेछ ।  १५÷१५ मिटर लम्बाइका दासढुङ्गा र मौरी पुल, २५ मिटर लम्बाइको खानी र ८० मिटर लम्बाइकै जलवीरे पुल रहने छन् ।
तीनवटै पुलको निर्माण काम सकिए पनि जलवीरे पुलको ७५ प्रतिशत निर्माण काम सकिएको छ । यो पुल बनाउन  विश्व बैङ्कले नेपाललाई २५ करोड रुपियाँ सहयोग गरेको छ । आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari