stcnepal long ad
ime life insurance
national life
global ime bank long

काम पार्टीको, तलबभत्ता सरकारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडाैँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा. विष्णुबहादुर भण्डारीले सरकारी उच्च ओहोदामा रहेर तलबभत्ता लिई राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यको हैसियतमा काम गरिरहेको पाइएको छ ।

विद्यमान कानुनअनुसार सरकारका सार्वजनिक संस्थान, निकाय वा संस्थामा कार्यरत व्यक्तिले कुनै पनि पार्टीको सदस्यता लिन पाइँदैन । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य भण्डारीले सो कानुनी प्रावधानविपरीत पुनर्निर्माण प्राधिकरणको कार्यकारी समिति सदस्यका रूपमा काम गर्दा पनि उनीमाथि कारबाही भएको छैन ।

तीन वर्षअघि पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको सदस्यमा नियुक्त भएका उनलाई राप्रपाले गत २९ जेठमा केन्द्रीय सदस्यमा नियुक्त गरेको थियो । पार्टीले केन्द्रीय सदस्यमा नियुक्त गर्दा पनि भण्डारीले पुनर्निर्माण प्राधिकरणबाट राजीनामा दिएका छैनन् । पार्टीको केन्द्रीय सदस्य बनेका उनी प्राधिकरणको विभिन्न बैठकमा सहभागी भइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रचार विभाग प्रमुख राजाराम श्रेष्ठले डा. भण्डारीलाई गत २९ जेठमा सम्पादन समिति सदस्यका रूपमा नियुक्त गरिएको पुष्टि गरे ।  तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्राधिकरणका कार्यकारी समितिका सदस्य डा. भण्डारीले भने आफू पार्टीमा नरहेको दाबी गरे ।‘म पहिला राष्ट्रिय प्रजातन्त्र पार्टीमा भए पनि अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मात्र रहेको छु,’ भण्डारीले  भने  ।आजको राजधानी दैनिकबा

IME Lifesidebar
kumari