citizens life insurance long ad
stcnepal long ad

नेपाल बीमक संघमा चंकी क्षेत्री निर्वाचित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री नेपाल बीमक संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

संघको आज पुस २३ गते शुक्रबार भएको साधारण सभाले क्षेत्रीको नेतृत्वमा नाै सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। क्षेत्री यस अघि कार्यसमितिका महासचिव थिए।

त्यस्तै सिद्धार्थ इन्स्योरेन्सका सीइओ वीरेन्द्रबहादुर बैदवार उपाध्यक्ष र नेको इन्स्योरेन्सका सीइओ अशोक खड्का महासचिवमा चयन भएका छन्।

महासचिव पदका लागि खड्का सहित ४ जनाले दाबी गरेका थिए। तर अन्तिममा खडकाकाे नाममा सहमति भएकाे थियाे। कोषाध्यक्षमा आइएमइ जनरल इन्स्योरेन्सका सीइओ योगेशभक्त बादे श्रेष्ठ चयन भएका छन्।

क्षेत्री महासचिव हुनुअघि दीपप्रकाश पाण्डेले दुई कार्यकाल महासचिवकाे नेतृत्व गरेका थिए। उक्त कार्य समितिको पदावधि सकिएपछि नयाँ नेतृत्व चयन गरिएको छ। संघको कार्यसमितिका पदाधिकारीको चयन सर्वसम्मत चयन भएको जानकारी महासचिव खड्काले दिएका छन।

त्यसैगरी संघकाे कार्यसमिति सदस्यमा ५ जना चयन भएका छन् । जसमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य, अजोड इन्स्योरेन्सका कुमार बहादुर खत्री, राष्ट्रिय बीमा कम्पनीका सुवास कोइराला, जनरल इन्स्योरेन्सका रामचन्द्र श्रेष्ठ र ओरियन्टलका बिनोद घाते निर्विरोध चयन भएका छन् ।

संघको वार्षिक साधारण सभा पनि हिजाे शुक्रबार नै भएकाे छ । साधारण सभापछि नयाँ नेतृत्वकाे औपचारिक घोषणा कार्यक्रम भएको थियाे ।

नवनिर्वाचित अध्यक्ष क्षेत्रीले नेपाल बीमक संघकाे साधारण सभालाई सम्बाेधन गर्दै बीमक संघकाे गरिमालाई अझ उच्च बनाउने, सदस्यकाे विश्वास र भराेसालाई अझ दृढ बनाउने, बीमा क्षेत्रलाई मर्यादित बनाउन संघबाट भए गरेका निर्णयहरू र भविष्यमा गरिने निर्णयहरू कार्यान्वयन गर्न पछि नपर्ने, बीमा क्षेत्रमा देखिएका छिटफुट अमर्यादित कार्यहरूकाे कारण सम्पूर्ण बीमा क्षेत्र नै बदनाम हुनु परेकाले अमर्यादित क्रियाकलाप निरूत्साहित र नियन्त्रण गर्न नियामक निकायसँग समन्वय गर्ने,बीमा क्षेत्रकाे विकासकाे लागि नियामक निकायहरू तथा नेपाल सरकारसँग काधमाकाध मिलाएर संघ सधै लागि पर्ने विस्वास दिलाउनु भएकाे थियाे।

यसैगरि अध्यक्ष क्षेत्रीले बीमाकाे सर्वमान्य सिद्वान्तकाे विरूद्वमा गई यस संघकाे सुझावलाई वेवास्ता गर्दै जारी गरिएकाे काेराेना बीमा लेखकाे कारण समग्र बीमा क्षेत्रप्रतिकाे विश्वासनीयतामै अत्याधिक ह्रास आइरहेकाे परिस्थितिमा नेपाल सरकारले भुक्तानी गर्नुपर्ने दायित्व यथाशीघ्र भुक्तानि गर्न पहल गर्ने बताउनु भएकाे थियाे।

क्षेत्रीले बीमक संघबाट गठन हुने समितिहरू र अन्य क्षेत्रहरूमा संघबाट सहभागितामा संगठनका सदस्यहरू सबैले समान रूपमा अवसर प्राप्त गर्ने व्यवस्था गरिने, संघकाे आफ्नै भवन तथा कार्यालय निर्माणगर्न पहल गर्ने,वैदेशिक निकायहरूसँग भएकाे ज्ञान,सीप र अनुभवहरूलाई स्वदेशका बीमक माझ पुरयाउन सार्क राष्ट्रका बीमाविज्ञहरूकाे सम्मेलन गर्न पहल गर्ने बताउनु भएकाे छ।

यसैगरि उहाँले बीमकसँग रहेकाे पूँजी तथा स्राेतलाई बैंककाे बचतकाे रूपमा मात्र प्रयाेग भएकाे भनी बेलाबेलामा आलाेचना र चर्चा हुने गरेकाे छ भन्दै यस्ता श्राेतलाई देश विकासमा प्रयाेग गर्न नियामक निकायसँग सहकार्य गरिने समेत बताउनु भएकाे छ।

अध्यक्ष क्षेत्रीले बीमक संघकाे अध्यक्षकाे गरिमालाई व्यक्तिगत फाइदाकाे रूपमा प्रयाेग नगरि समग्र निर्जिवन बीमकहरूकाे उन्नती र विकासमा प्रयाेग गर्ने प्रतिवद्वता पनि व्यक्त गर्नु भएकाे थियाे।

IME Life
kumari