citizens life insurance long ad
stcnepal long ad

गत आर्थिक वर्षमा ८२० किमी सडक कालोपत्रे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले गत वर्ष २०७९/८० मा देशभर ८२० किमी सडक कालोपत्र र २२२ वटा पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सो अवधिमा २४९ किमी सडक पुननिर्माण भएको छ ।

गत आर्थिक वर्षमा २४३ किमी नयाँ ट्रयाक खुलेको छ साथै ६२८ किमी खण्डस्मिथ सडक पनि निर्माण भएको सडक विभागले जनाएको छ । गत वर्ष ७६१ किमी सडक आवधिक मर्मतको लक्ष्य रहेकामा ५३८ किमी सडकमात्र आवधिक मर्मत सम्पन्न भएको छ ।

विभिन्न किसिमका अवरोध हुँदहुँदै पनि सडक विभागको प्रगति झण्डै ६९ प्रतिशत पुगेको महानिर्देशक सुनिलबाबु ढकालले बताएका छन ।

चालु वर्ष समयमा कामको प्रगति अझै बढाइने भएको छ। अझै पनि अपेक्षा गरेअनुसार पूर्वाधार क्षेत्रमा प्रगति नभएको विभागका महानिर्देशक ढकालले बताएका छन ।

अन्तिम चौमासिकमा बजेट व्यवस्थापन हुन नसक्दा कामको प्रगति जति हुनसक्थ्यो त्यति हुन नसकेको बताइएको छ ।

सडक विभागले ८० प्रतिशत प्रगति हुने अपेक्षा गरेको भए पनि त्योअनुसार गर्न सकेन। राष्ट्रिय गौरबका आयोजनामा प्रगति राम्रो रहेको विभाग स्रोतले बताएको छ ।

नागढुङ्गा–नौबिसे सडकखण्ड स्तरोन्नतिको काम जारी रहेको छ । सो सडक खण्डमा तीन प्याकेजमा ठेक्का भएर काम सुरु भएको विभाग स्रोतले बताएको छ ।

पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको बताइएको छ । कमला–ढल्केबर–पथलैया सडक स्तरोन्नतिका लागि पूर्व तयारीको काम सम्पन्न गरेर निर्माणका लागि खरिद प्रक्रिया तयारी भएको स्रोतले बताएको छ ।

तमोर करिडोर अन्तर्गत मूलघाट–सुभाङ्गखोला खण्डको ठेक्का व्यवस्थापनको काम सम्पन्न भएर निर्माणको काम सुरु भएको सडक विभाग स्रोतले बताएको छ । ग्वार्खो ‘फ्लाईओभर’ को निर्माण भइरहेको र सातदोबाटो र एकान्तकुनामा ‘फ्लाईओभर’ निर्माणका लागि बहुवर्षीय ठेक्का र स्रोत सुनिश्चितताको लागि सहमति माग गरिएको विभागका महानिर्देशक ढकालले बताएका छन । अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक खण्ड पनि निर्माण भइरहेको छ।

 

IME Life
kumari