citizens life insurance long ad
stcnepal long ad

देशैभर आज धेरै ठूलो पानी पर्ने सम्भावना

मर्स्याङ्दीमा जलसतह बढ्दै गएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मर्स्याङ्दी नदीको जलसतह सतर्कता तह आसपास पुगेको छ । बिमलनगर बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह १० मिटर आसपास रहेको र यो अझ बढ्दो क्रममा रहेको छ । मर्स्याङदी नदीको तटीय क्षेत्रमा रहेकाहरुलाई दिउँसो १ बजे सम्म सतर्कता अपनाउन अपिल गरिएको छ ।

यसैबीच बागमती जलाधारको सिन्धुली, मरिन कुशुनटार र आसपास भारी बर्षा मापन भएको छ । कोखाजोर खोला, मरिन खोला र आसपासका स(साना खोलामा आकस्मिक बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभरका नदी खोलाहरुमा आज आकस्मिक बहावको जोखिम रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसमविद्हरुले अपिल गरेका छन् । नारायणी, कर्णाली, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती, बबई, महाकाली नदी र यसका सहायक नदीहरुको जलसतह सतर्कता आसपास पुग्न सक्ने देखिएको छ ।

साथै केही नदीमा आज र भोलि जलसतह खतरा तह आसपास समेत पुग्न सक्ने पूर्वानुमान रहेकोले जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको हो ।

देशैभर आज ठूलो पानी पर्ने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले सातै प्रदेशका विभिन्न स्थानमा भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक रहेको छ ।

यसका साथै भारतको उत्तर पूर्वी उत्तर(प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ ।

IME Life
kumari