stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाली युवा उद्यमी मञ्च (NYEFF) ले आइतवार भएको १९ औं वार्षिक साधारण सभाले सुश्री साहारा जोशी अध्यक्षमा  नयाँ कार्यसमिति गठ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEFF) को १९ औं वार्षिक साधारण सभा जुलाई ९, २०२३ मा काठमाडौंको र्याडिसन होटलमा सम्पन्न भयो ।

१९ औँ वार्षिक साधारणसभा ‘नेसन फर्स्ट’ भन्ने नारामा केन्द्रित भएको थियो ।“नेसन फर्स्ट” भन्ने नारालाई केन्द्रमा राखेर यस वर्षका गतिविधिहरू मेड इन नेपाल उद्यमी र उनीहरूका उत्पादनहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमान्डौ लगाएत देशका विभिन्न ठाउमा मेड इन नेपाल प्रदर्शनी आयोजना गरिएको थियो ।

साथै, यस वर्षको उद्देश्य च्याप्टर लाई सुदृढ गर्ने, संगठनात्मक दृश्यता बढाउने र राज्यका तीनवटै तहमा बलियो प्रभाव पार्ने पनि समावेश थियो ।

कार्यक्रमको उदघाटन मन्त्री रमेश रिजालले गर्नु भएको थियो भने चन्द्रप्रसाद ढकालले प्रमुख अतिथिको रुपमा अध्यक्षता गरेका थिए । कार्यक्रममा विभिन्न साझेदार संस्थाका आमन्त्रितहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको क्रममा, निम्न सदस्यहरूको नयाँ राष्ट्रिय गभर्निंग काउन्सिल गठन गरिएको थियोः
अध्यक्षः सुश्री साहारा जोशी
तत्कालिन पूर्व अध्यक्षः श्री रितेश लामिछाने
प्रथम उपाध्यक्षः कुशल सुन्दर श्रेष्ठ
दोस्रो उपाध्यक्षः सुश्री निभिता प्रधान
महिला उपाध्यक्षः सुश्री ऋचा श्रेष्ठ
कार्यकारिणी सदस्यहरुः सुश्री बिलाशा श्रेष्ठ, श्री सुदीप घिमिरे, कृष्ण सापकोटा, पवित्र बहादुर गौतम, आभूषण ज्योति कंसाकार र युनेश राज श्रेष्ठ ।

सो अवसरमा फोरमका विगतका गतिविधि र भावी पहलका बारेमा पनि प्रस्तुति गरिएको थियो । नवनिर्वाचित अध्यक्ष सुश्री सहारा जोशीले २०८०–८१ को लागि आफ्नो योजना साझा गर्नुभयो भने अन्य सबै समिति सदस्यहरूले फोरमको मूल मूल्यमान्यता अनुरूप उद्यमशीलता र विकासको भावनालाई अगाडि बढाउने आफ्नो प्रतिबद्धता दोहो¥याए ।

उद्यमशीलता र युवाको क्षेत्रमा अनुकरणीय संस्था बन्ने लक्ष्य राख्दै NYEFले सकारात्मक र समृद्ध नेपाल निर्माणमा योगदान पु¥याउने प्रयास जारी राख्नेछ । “NYEF ले इच्छुकरभावी युवा उद्यमीहरुलाई विभिन्न कार्यक्रमहरु जस्तै – युवा उद्यमी सम्मेलन, लिडर्स प्रोजेक्ट, मेड इन नेपाल क्याम्पेन जस्ता पहलहरू मार्फत निरन्तर सहयोग गर्दै आएको छ र हामी यस अभियानलाई निरन्तरता दिदै थप मजबुत बनाउनेछौं”, नवनिर्वाचित अध्यक्ष सुश्री जोशीले बताइन् ।

नयाँ समितिले सिकाइ र बृद्धिलाई बढावा दिन उद्यमीहरूबीचको क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्ने महत्त्वमा पनि जोड दिएको छ ।

prabhu mahalaxmi
kumari