stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आज आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी छलफल

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी छलफल आज हुँदै छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै सरोकारित निकायहरूलाई (शुक्रवार) दिउँसो १२ः५५ बजे सिंहदरबारस्थित मन्त्रालयको सभा हलमा बोलाएको छ ।

मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय र सङ्घीय मामिला मन्त्रालयका प्रतिनिधिलाई छलफलमा बोलाएको छ ।

त्यसै गरी निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेल, महासचिव सुबोध कुमार देवकोटा, सचिव अम्बादत्त भट्ट र कोषाध्यक्ष सिन्धु कुमारी पाण्डेसहित नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष केदार प्रसाद देवकोटा, कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेल, सङ्गठन निजामतीका अध्यक्ष हरि रावल र मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीलाई बैठकमा आमन्त्रण गरिएको छ ।

बैठकमा केही दिनमै सकिन लागेको युनियनको म्याद एक वर्ष थप्ने कि निर्वाचनमा जाने लगायत विषयमा छलफल हुने छ । त्यसै गरी कार्यवाहक अध्यक्षको विषयमासमेत थप छलफल गरिने एक कर्मचारी नेताले बताएका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari