stcnepal long ad
ime life insurance
global ime bank long

कोरोना उपचारका लागि सेनाले चीनबाट ल्यायो २८ टन स्वास्थ्य सामग्री

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल

काठमाडौं । नेपाली सेनाले चीनबाट कोरोना सम्बन्धी थप स्वास्थ्य सामग्रीहरु ल्याएको छ । बुधबार चीनको ग्वान्झाउ गएको नेपाल एयरलाइन्सको जहाजबाट नेपाली सेनाले २८ टन स्वास्थ्य सामग्री ल्याएको हो । ग्वान्झाउबाट उडेको विमान आज बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि सेनाले पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट पीपीई, पीसीआर किट लगायतका स्वास्थ्य सामग्री ल्याएको हो । यसअघि पनि पहिलो चरणमा सेनाले झण्डै १९ टन स्वास्थ्य सामग्री ल्याएको थियो ।

prabhu mahalaxmi
kumari