८० बर्षयताका काभ्रेको पनौतीमा भीषण बर्षा र बाढी

आर्थिक सञ्जाल
पनौती । दिउसो काभ्रेमा विषय बर्षासँगै आज आएको बाढीले ठुलो क्षति गराएको बनेपा र पनौतीमा भएको भीषण बर्षासँगै पुन्यमाता खोलामा आएको बाढीले तीनवटा पुल बगाएको छ । केही घर डुवानमा परेका छन । सयौ रोपनीमा लगाएको बाली समेत बाढीले नष्ट गरेको छ ।
दिउसो अचानक आएको बाढीले पुन्यमाता नदीमा रहेका तीनवटा पुल बगाएको काभ्रे क्षेत्र नम्बर दुईका सांसद गोकुल बाँस्कोटाले जानकारी दिएका छन ।
बाँस्कोटाका अनुसार बाढीले केही मानिसहरु रोशी खोलामा फसेका छन । राति भएका कारण उनीहरुलाई हेलिकप्टरवाट उद्दार गर्ने प्रयास गरेपनि सफल हुन सकेको छैन ।
बनेपा र पनौती विचको सयौं रोपनी खेतमा बाढी पसेको छ । बाढीले पनौतीको त्रिवेणीधाम क्षेत्रका केही र मन्दिर समेत डुवानमा पारेको छ । बाढीले पु¥याएको क्षतिको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । स्थानीयले बुधबारको बर्षा र बाढीलाई ८० बर्ष यताकै भिषण भनेका छन ।