citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज ३०औँ मदन–आश्रित स्मृति दिवस

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेकपा एमालेले आज मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस मनाउँदैछ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।

हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरि मदन(आश्रित स्मृति दिवस मनाउँदै आएको छ । जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने चालक अमर लामा भने बाँच्न सफल भएका थिए ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले पनि आज मदनआश्रित स्मृति दिवस मनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा दिवसका सन्दर्भमा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जलीसभालगायत कार्यक्रम गर्न लागेको हो ।

मदनआश्रितको योगदानबारे पार्टी निकट सङ्गठनले सबै जिल्लामा श्रद्धाञ्जलीसभा, खेलकुद प्रतियोगिता  गर्ने उपमहासचिव एवं  प्रचार विभाग प्रमुख  जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

himalayan life insurance
igi long