prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाद्वारा कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम 

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

पोखरा । सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाद्वारा कर्मचारीका लागी एक दिने क्षमता अभिवृद्धि तालिम भएको छ ।
राष्ट्रिय सहकारी बैंकको साझेदारीमा कर्मचारीका लागी कार्यालय व्यवस्थापनःनेतृत्व विकास, नगद, बजार, कर्जा व्यवस्थापनका लागी तालिम साझेदारी गरिएको राष्ट्रिय सहकारी बैंक पोखराका प्रमुख एवं सहजकर्ता नरेश पाण्डेले बताए ।

वि.सं. २०६४ मा स्थापना भएको सहकारीले स्थापनासँगै रेडियो सराङ्गकोटको सञ्चालन तथा वि.सं. २०६९ देखि बचत तथा ऋण मार्फत हाल संस्थाका कुल कारोबार ६४ करोड कर्जा लगानी ५५ करोड सहित पुँजी ७ करोड रहेको र संस्थाले सदस्य र समुदायमुखी सामाजिक कार्यहरु गर्दै आएको अध्यक्ष कृष्णबहादुर थापाले बताए ।

सो कार्यक्रमको शुभारम्भ पूर्व अध्यक्ष प्रेम बहादुर जि.सि.ले गर्दै सहकारीले दिने सेवामा शेयर सदस्यहरु एक हुनुपर्ने बताए ।

कार्यक्रममा सहकारी बैंक लेखनाथका प्रमुख सहजकर्ता सन्तोष घिमिरे, सल्लाहकार शोभियतबहादुर अधिकारी रेडियो सराङ्गकोटका प्रबन्ध निर्देशक अर्जुन बहादुर बस्नेत, सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, रेडियोका निर्देशक चिन्तामणि बाँस्तोला, शिक्षा समिति संयोजक जयराम पौडेल, कर्जा समिति सदस्य होमनाथ सिलवाल, व्यवस्थापक सुरेन्द्र थापा, लेखा प्रमुख ईश्वरी श्रेष्ठ, कर्जा शाखा प्रमुख सरिता पोडेल लगायतले तालिमको विविध पक्षमा आ आफ्नो धारणा राखेका  थिए ।  तालिममा संस्थाका सम्पूर्ण कर्मचारीको सहभागिता रहेको थियो ।

१७ वैशाख २०८०, आइतवार ११:५४ बजे प्रकाशित

NTA long ad
stcnepal long ad