citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

राष्ट्रियसभा सांसद र संघीय संसदको लोगो फेरिने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल 

काठमाडौं । सरकारले जारी गरेको नेपालको नयाँ नक्सा अनुसार राष्ट्रिय सभा सांसद र संघीय संसदकोे लोगो फेरिने भएको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले नेपालको नक्सा अद्यावधिक भएपछि त्यसै अनुसार संघीय संसदको लोगो र राष्ट्रिय सभाका सांसदको लोगो परिमार्जन गर्ने निर्णय गरेको हो ।

हाल नेपालको संघीय संसदको लोगोमा रहेको नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र छुटेको छ । राष्ट्रिय सभाले संघीय संसदका सदस्यले प्रयोग गर्ने लोगोमा एकरुपमा ल्याउन प्रतिनिधि सभालाई पनि अनुरोध गर्ने निर्णय गरेको छ ।

जेठ १२ गते बस्ने भनिएको राष्ट्रिय सभाको बैठक जेठ १३ गतेका लागि सारिएको छ । मुस्लिम समुदायको इदुल फित्र चाड १२ गते परेकाले जेठ १३ गतेका लागि बैठक तोकिएको हो ।

gold
kumari bank