citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

निको भएर बुटवल अस्पतालबाट फर्किए दश संक्रमित

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

बुटबल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश  कोरोना संक्रमित आज निको भएर घर फर्किएका छन् । दुई हप्ता अगाडि कोरोना संक्रमण भएर अस्पतालको आइसोलेशनमा भर्ना भएका कपिलवस्तुका युवाहरु निको भएर घर फर्किएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुुदर्शन थापाले जानकारी दिए । “उनहरुमा आत्मबल बलियो भएका कारण उपचारमा सहज भयो ”, थापाले भने । निको हुने व्यक्ति १६ देखि ४० वर्ष उमेर समूहका छन् ।

भारतबाट लुुकिछिपी आएका युवामा संक्रमण देखिएको थियो । संक्रमितको लगातार दुुई  कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । “कोरोनाबाट डराउनुपर्दैन । मनोबल उच्च राखे छिट्टै निको हुन्छ”, डा थापाले भने, यसबाट बच्न घरमै रहनु नै उत्तम हुन्छ ।”

बुटवलकोे कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुुका ३६ जनाले उपचार गराएकामा कपिलवस्तुका दश जना डिस्चार्ज भए पनि आजै थप सात जना संक्रमित भर्ना भएको डा थापाले जानकारी दिए । यसअघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युुवक निको भएर घर फर्किएका थिए । शुक्रबार बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना  कोरोना जितेर घर फर्किएका थिए ।

त्यस्तै, प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको प्रदेशस्तरीय कोराना विशेष अस्पतालबाट कोरोना भाइरस जितेर बिदा भएका  युवालाई बधाई दिएका छन । “बधाई स्वास्थालाभ गर्नुहुने सबैलाई । अनि बधाई छ उपचारमा संलग्न चिकित्सक, स्वास्थकर्मी र व्यवस्थापक र अन्य सहयोगी सबैलाई”, सामाजिक सञ्जालमार्फत मुख्यमन्त्रीले भनेका छन ।

प्रदेशमा कोरोना भाइरस  जित्नेहरुको कुल संख्या ३२ पुगेको जनाइएको छ ।   यसअघि सोही अस्पतालवाट एक र बाँकेको खजुरास्थित प्रदेशस्तरीय कोरोना विशेष अस्पतालवाट २१ जना स्वास्थलाभ गरी घर फर्किएको थाहा भएको छ । रासस

gold
himalayan life insurance long ad
kumari bank