citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

श्री एयरलाइन्स उड्यो सैनिक अधिकृतको शव लिन ट्युनिसिया

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ८ गते बिहीबार

काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाज अफ्रिकी मुलुक ट्युनिसिया उडेको छ । नेपाली सेनाका एक अधिकृतिको शान्ति सेनामा सेवारत अवस्थामा हृदयघातबाट मृत्यु भएपछि उहाँको शव लिन सो एयरलाइन्सको जहाज आज त्यसतर्फ गएको नेपाली सेनाले जनाएको छ ।

श्री एयरलाइन्सको ट्युनिसिया उडान एकतर्फी करिब १३ घण्टाको हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान उडेको सो जहाज ओमानको मस्कट, इजिप्टको कायरो हुँदै साँझ ट्युनिसियाको राजधानी ट्युनसस्थित कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।

भोलिपल्ट शुक्रबार ट्युनिसियाबाट फर्कंदा मस्कट, कायरो र दुबई हुँदै काठमाडौँ अवतरण गर्ने छ । श्री एयरलाइन्सले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो । त्यस्तै कम्पनीको जहाजले गत वैशाख १२ गते सिङ्गापुरबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

gold
himalayan life insurance long ad
kumari bank