citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

डब्लूएफपी चामल प्रकरण : अखाद्य चामल भन्सार पास हुँदैन

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपालको पश्चिमी क्षेत्रमा अनुदान स्वरुप वितरण गर्न ल्याएको चामल अखाद्य फेला परेपछि नेपालगन्ज भन्सारले भन्सार पास नगर्ने भएको छ ।

विश्व खाद्यले इटालीबाट ल्याएको ५४ हजार किलो चामल नेपालगन्जमा परीक्षण गर्दा कुहिएको फेला परेको थियो । भन्सार कार्यालयले परीक्षणमा अखाद्य फेला परेकाले विश्व खाद्यको चामललाई भन्सार पास अर्थात् क्लियरेन्सको अनुमित नदिने जानकारी दिएको छ । चामल करिब एक महिनादेखि भन्सार परिसरका थन्किएको छ ।

नेपालगन्ज भन्सारका सूचाना अधिकारी डिल्लुप्रसाद शर्माले डब्लूएफपी ल्याएको ५४ हजार किलो चामल कुहिएको देखिएकाले भन्सार पास नहुने बताए ।

उनका अनुसार भन्सार ऐन तथा विनिमयअनुसार कुनै पनि खाद वस्तु खान अयोग्य पाइए सरोकारवालाको  रोहवरमा  नष्ट गर्न  सक्ने तथा  आयातकर्ताले  फिर्ता गर्न सक्ने कानुनी व्यवस्था छ । आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।

himalayan life insurance
igi long