citizens life insurance long ad
stcnepal long ad

फेरिल्याण्ड स्कुलको १४ बार्षिक उत्सवमा संञ्चारकर्मी विष्णु निश्चल सम्मानित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । द युभिर्भसल टाइम्स्का सम्पादक तथा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कार्य समिति सदस्य एवम् सञ्चारकर्मी बिष्णु निश्चल सम्मानित भएका छन् ।
बुढानिलकष्ठ नगरपालिका वडा नं १० बालुवाखानीमा रहेको फेरील्याण्ड इन्टरनेशनल स्कुलको १४ औ बार्षिक उत्सव तथा अभिभाव दिवसमा सम्मानीत भएका हुन ।

पत्रकारीता क्षेत्रमा पु¥याएको योगदानलाई सम्मान गदै संञ्चाकर्मी गिरीलाई बुढानिलकष्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीले सम्मान प्रदान गरेका हुन् ।

लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील भएर अधिवता समेत रहेका सम्पादक गिरीले अनलाइन दर्ता खारेजी, पत्रकारलाई खोप व्यवस्थापन लगायत श्रमजीबि पत्रकारका मुद्धामा गिरीको उल्लेख्य योगदान रहेको छ ।

आवाज बिहिनहरुको आवाज बन्दै समाजमा भएका बिकृति र बिसंगति , भष्ट्रचार लगायतको बिषयमा खरो कमम चलाउँछन् ।

खोटाङको सामान्य परिवारमा जन्मिएका सम्पादक बिष्णु गिरी निश्चल मेहनत, इमानदारिता कारण पत्रकारीतामा छुटै परिचय बनाउन सफल भएका छन् । नै कानुन व्यवसायको क्षेत्रमा आफुलाई अब्बल सावित गदै अगाडि बढेका छन् ।

सम्मादक गिरी नेपाल पत्रकार महासंघ काठमाडौ शाखा, नेपाल पत्रकार मञ्च तथा पत्रकार महासंघको विभिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव छ ।

सकारात्मक मार्गमा लैजान असल नियतले गरिने आलोचनाहरु पनि स्विकार्य हुनुपर्छ भन्ने मान्यता राख्ने गिरीले जन प्रभाव साप्ताहिक हुदै रेडियो प्रयाबरण , रेडियो नेपाल, साझा सवाल, एटुजेट खबर लगायतका संस्थामा काम गरिसकेका छन् ।

कठिन समयमा अफ्ठ्याराहरुको सहज अवतरण गर्नसक्ने क्षमताका सम्पादक बिष्णु निश्चलले दक्षिण कोरिया जापान थाइल्याण्ड कम्बोडिया, बङलादेश, भारत, जापाल, उत्तरकोरिया, सिगापुर हङकङ, मलेशिया, कतार, दुबई चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको तालिम समेत लिएका छन् । सम्पादक गिरीले बिशेष नागरिक सम्मान , दजनौ सम्मान तथा पुरस्कार समेत प्राप्त गरेका छन् ।

 

IME Life
kumari