stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

लक डाउनको कारण आयातभन्दा निर्यात बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad
national life
आर्थिक सञ्जाल २०७७ जेठ ५ गते सोमबार
काठमाडौं ।सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको लक डाउनका कारण आयातभन्दा निर्यात बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा निर्यात १२.९% ले बढेर ७८ अर्ब ८२ करोड पुगेको छ । यता, आयात भने ७.५% ले घटेर ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ ।
सबैभन्दा धेरै भारततर्फको निर्यात बढेको छ । भारततर्फको निर्यात २५.४% वृद्धि भएको छ । चीन तथा अन्य मुलुकतर्फ क्रमशः २८.१% र ७.५% छ । पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जडिबुटी, दन्तमन्जन लगायतका वस्तुको निर्यात बढेको छ । यता, जस्तापाता, तार,
तयारी पोशाक, जुस, ऊनी गलंैचा लगायतका वस्तुको निर्यात भने घटेको छ ।
यता, वस्तु आयात गरिने मुलुकका आधारमा अन्य मुलुकबाट भएको आयात ३.१% ले बढेको छ भने भारत तथा चीनबाट भएको आयात क्रमशः १२.३% र १.०%ले घटेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जा, लगायतका वस्तुको आयात बढेको छ । भने, पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, सुन, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।
वीरगंज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । ९ महिनामा कुल वस्तु व्यापार घाटा ८.९% ले संकुचन भई ९ खर्ब ३ अर्ब ७२ करोड रुपैयाँमा सीमित भएको छ ।
गत वर्षको सोही अवधिमा यस्तो घाटा २१.५ % ले वृद्धि भएको थियो । यसअवधिमा निर्यात–आयात अनुपात ८.०% पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.६% रहेको थियो ।
prabhu mahalaxmi
kumari