evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । भारतबाट नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन -आईओसी_ ले पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको निगमले जनाएको छ ।

आईओसीले नेपाल आयल निगमलाई १५-१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँछ । सो नयाँ मूल्य अनुसार निगम र आईओसीबीचबीच कारोबार हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने गरेको कच्चा तेलको मूल्यमा आईओसीले पठाउने मूल्य निर्भर रहन्छ ।
विगतमा भएको सञ्चित नोक्सानीका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ भने आईओसीलाई करिब ११ अर्ब बक्यौता तिर्न बाँकी रहेको निगमले जनाएको छ ।

igi long
himalayan life insurance long ad