citizens life insurance long ad
stcnepal long ad

आर्थिक मिडिया सञ्चालक संघको अध्यक्षमा आचार्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आर्थिक मिडिया सञ्चालकको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को नयाँ कार्यसमिति चयन भएको छ । आज यहाँ सम्पन्न इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा दैनिकी डटकमका माधवप्रसाद तिवारी र अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा चयन भएका छन् ।

संस्थाको महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल चयन भएका छन् भने उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टंक कार्की निर्वाचित भएका छन् ।

संस्थाको कोषाध्यक्षमा रोजगार मिडियाका फणीन्द्रप्रसाद दाहाल र सहसचिवमा आर्थिक प्लस डटकमका अमिर लामा चयन भएका छन् । कार्यकारी सदस्यमा कर्पोरेट बजारकी अप्सरा गौतम हुन् ।

आर्थिक विधाका सञ्चारमाध्यमको हकहितका लागि भन्दै गठन गरिएको इमानमा हाल २२ वटा आर्थिक मिडिया सदस्य रहेको अध्यक्ष आचार्यले जानकारी दिए ।

IME Life
kumari