Everest Bank
nabil bank
national life
stcnepal long ad

२४ मैदा मिलले भारतबाट ३० हजार टन गहुँ ल्याउने्

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल मैदा उद्योग संघको सिफारिशका आधारमा २४ ओटा मैदा मिललाई भारतले निर्यात अनुमति दिएको ५० हजार मेट्रिक टन गहुँमध्येबाट ३० हजार ४ सय ८९ टन ल्याउन कोटा बाँडफाँट गरेर अनुमतिका लागि भारतीय दूतावासमा सिफारिश पठाएको छ ।

दूतावासले भारतीय वाणिज्य मन्त्रालयलाई पत्र पठाएपछि उद्योगीले आफ्नो सम्पर्कमा रहेका भारतीय व्यापारीसँग किनेर गहुँ ल्याउने छन् ।

मन्त्रालयका प्रवक्ता डा। नारायण रेग्मीले भारतले नेपालमा निर्यात गर्ने अनुमति दिएको ५० हजार मेट्रिक टनमध्येबाट २४ उद्योगको नामै तोकेर ३० हजार ४ सय ८९ टन मार्च (चैत १५) सम्ममा ल्याइसक्ने गरी सिफारिश गरिएको बताए । उनका अनुसार बाँकी गहुँ आयातका लागि व्यवसायीलाई कोटा दिइनेछ ।

भारतले १० महीनाअघि रूस–युक्रेन युद्ध र उत्पादनमा आएको कमीलाई कारण देखाउँदै गहुँ निकासीमा प्रतिबन्ध लगाएको थियो । त्यसबाट भारतीय गहुँमा निर्भर नेपाली उद्योग प्रभावित भएका छन् । भारत विश्वका ठूला गहुँ उत्पादक मुलुकमध्येको एक हो ।

भारतको  निर्यात  प्रतिबन्धअघि नेपालमा ५० रुपैयाँ किलो रहेको मैदाको भाउ ७० रुपैयाँ पुगेको छ । त्यस्तै ५५ रुपैयाँ किलोको आँटाको भाउ ७६ रुपैयाँ, ६० रुपैयाँ किलोको सुजीको भाउ ८० रुपैयाँ र ३८ रुपैयाँ किलोमा पाइने चोकरको मूल्य ४६ रुपैयाँ पुगेको छ । भारतबाट गहुँ आयात गर्न पाए सबै उत्पादनको मूल्य १५ प्रतिशतले घट्ने उद्योगी बताउँछन् ।

नेपालमा अहिले गहुँको मूल्य ५२ रुपैयाँ किलो छ । त्यस्तै प्रतिकिलो मैदाको ७०, आँटाको ७६, सुजीको ८० र चोकरको ४६ रुपैयाँ मूल्य छ ।

यो मूल्यमा मूल्य अभिवृद्धिकर जोडिएको छैन । भारतमा गहुँको मूल्य प्रतिकिलो भारतीय ९भारू० २८ रुपये ५० पैसे पर्छ । त्यस्तै मैदा ३२, आँटा ३४, चोकर २८ भारू किलोमा पाइन्छ ।

नेपालका मैदा मिलहरूलाई वार्षिक १० लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने व्यवसायी बताउँछन् । ४० प्रतिशत नेपालको उत्पादनले धान्छ ।

बाँकी ६० प्रतिशत भारतबाट आयात गर्नुपर्ने नेपाल फ्लोर मिल एशोसिएशनका अध्यक्ष कुमुद दुगडले बताएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

६ माघ २०७९, शुक्रवार ०६:४९ बजे प्रकाशित

stcnepal long ad