citizens life insurance long ad
stcnepal long ad

स्वीकृति नलिई जेनेटिक अनुसन्धान गरेको भन्दै स्पष्टीकरण माग

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ २ गते शुक्रबार

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड–१९ ले सङ्क्रमित एक युवाको अनुवंशिक (जेनेटिक) को परिषद्को स्वीकृतिबेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै छ जना चिकित्सकलाई स्पष्टीकरण सोधेको छ ।

परिषद्का प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. रञ्जित शाह र प्रयोगशालकै डा. रुना झा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोला, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे, महाशाखाकै डा. विवेककुमार लाल र महाशाखाकै डा. हेमन्तचन्द्र ओझालाई स्पष्टीकरण सोध्नुभएको हो ।

ती छ जनाले परिषद्लाई नै थाहा नदिई सङ्क्रमित युवाको स्वाब सङ्कलन गरी अनुसन्धानका लागि विदेशीलाई दिएका थिए । परिषद्ले उनीहरूले नेपालका कोभिड–१९ सङ्क्रमित एक युवाको जेनेटिकको अनुसन्धानमा विदेशीलाई संलग्न गराई ‘माइक्रोबायोलोजी रिसोर्स अनाउन्समेन्ट’मा प्रकाशन गरेको अनुसन्धानमूलक लेखमा परिषद्को स्वीकृत नलिई प्रकाशन गरेको भन्दै परिषद् ऐन २०४७ को दफा १२ (३) बमोजिम स्पष्टिकरण सोधिएको परिषद्का प्रशासन प्रमुख खरेलले जानकारी दिनुभयो ।

परिषद्ले लेख प्रकाशित भएपछि गत वैशाख २६ गते स्पष्टीकरण सोध्ने निर्णय गर्दै उनीहरूलाई स्पष्टिकरणका लागि वैशाख २९ गते पत्र पठाएको थियो ।  “नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ बमोजिम कुनै पनि मानवस्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्नेमा स्वीकृति नलिइकन अनुसन्धान कार्य सम्पन्न गरी वैज्ञानिक लेख प्रकाशन गरेको हुँदा तपाईँहरूले परिषदबाट स्वीकृति नलिई उक्त अनुसन्धानमूलक लेख प्रकाशन गरेबापत तपाईँहरूलाई किन कारबाही नगर्ने?” स्पष्टीकरणमा भनिएको छ, “कारवाही गर्न नपर्ने कुनै मनासिब कारण भए सोको स्पष्ट लिखित जवाफ प्रमाणसहित यो पत्र प्राप्त भएको मितिले सात दिनभित्र परिषद्मा पेश गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा १२ (३) बमोजिम परिषद्को मिति २०७७ साल वैशाख २६ गतेको निर्णय भएको हुँदा निर्देशानुसार जानकारीका लागि अनुरोध छ ।”   गोरखापत्र दैनिकबाट

IME Life
kumari