लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली शुरु
काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना खट्टिने क्रममा, २०७९ पौष ३० गते United Nations Interim Force in Lebanon (UNIFIL), लेवनानमा तैनाथ श्री गोरखबक्स गण (शान्ति सेना) ६३ औं डफ्फालाई बदली गर्नको लागि श्री पुरानो गोरख गण (शान्ति सेना) ६४ औं डफ्फाको पहिलो टोलीका २१३ जना शान्ति सैनिकहरु प्रमुख सेनानी अनिल कुमार बुढाथोकीको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान मार्फत काठमाडौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।
उक्त टोलीलाई सैनिक सचिव सहायक रथी श्री गौरव कुमार के.सी.ले २०७९ पौष २९ गते आयोजित एक समारोहमा बिदाई गर्नुभएको थियो ।
उक्त मिशनमा तैनाथ श्री गोरखबक्स गण (शान्ति सेना) ६३ औं डफ्फाको पहिलो टोलीका २१४ जना शान्ति सैनिकहरु सेनानी ईन्द्रभक्त महर्जनको नेतृत्वमा आज नै उक्त वायुसेवा निगमको विमानमार्फत स्वदेश आगमन हुने कार्यक्रम रहेको छ ।























