stcnepal long ad
ime life insurance
national life
global ime bank long

महान्यायाधिवक्तामा डा‍. पोखरेल सिफारिस

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल सिफारिस हुनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अधिवक्ता डा। पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गर्नुभएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

उहाँ नेकपा (माओवादी केन्द्र) निकट अधिवक्ता मानिनुहुन्छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

संवैधानिक कानुनका जानकार अधिवक्ता पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गर्नुभएका छ । यसअघि पोखरेलले तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको रुपमा काम गर्नुभएको थियो ।

IME Lifesidebar
kumari