stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लागुऔषध सेवन गरी सवारी चलाउने सात पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ट्राफिक प्रहरीले लागूऔषध सेवन गरी सवारीसाधन चलाउने सात जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी वृत्त जगातिको संयुक्त टोलीले आज गरेको जाँचका क्रममा सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँच मोटरसाइकल चालक, एक स्कुटर चालक र एक ट्याक्सी चालक छन् । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगाति पठाइएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

सवारीसाधनका चालकले लागुऔषध सेवन गरी सवारीसाधन चलाए/नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित टिएचसी किटको प्रयोग गरी गत साउन ९ बाट ट्राफिक प्रहरीले जाँच अभियान सुरु गरेको थियो ।

मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकलाई विगत लामो समयदेखि जाँच गरी कारबाही गर्दै आएको ट्राफिक प्रहरीले पछिल्लो समय लागुऔषध सेवन गरी सवारी चलाउने चालकको सङ्ख्यासमेत बढेपछि कारबाहीलाई तीव्रता दिएको हो ।

prabhu mahalaxmi
kumari