stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १३४ पुग्याे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २९ गते सोमबार

काठमाडौं । नेपालमा सोमबार बेलुका थप १३ जनामा कोरोना संक्रमण भेटिएका छन । सोमबार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विहान र दिउँसो गरी ११ जनामा संक्रमण फेला परेको अवस्थामा साँझ पुनः १३ जनामा संक्रमण फेला परेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १३४ पुगेकाे छ ।

कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

त्यस्तै रुपन्देहीको सम्मरीमाई गाउँपालिका‍ ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का  २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको उनले बताए ।

साेमबार बिहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले कपिलवस्तुको यशोधरा गाउँपालिकाका १८ वर्ष देखि ३४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए भने दिउसाे कपिलबस्तुकै १ जनामा काेराेना संक्रमण देखिएकाे थियाे ।

परीक्षणलाई तीव्रता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउनका लागि परीक्षणलाई तीव्रता दिएको छ ।

कोरोना भाइरस रोकथाम गर्नका लागि पीसीआर परीक्षण १७ हजार ८०९ र आरडीटी ५८ हजार ५४६ व्यक्तिमा गर्न सफल भएको स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा थप दुई हजार ७९९ को परीक्षण सम्पन्न गरेको छ । मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाकाले कोरोना भाइरसको रोकथाम गर्नका लागि परीक्षणलाई तीव्रता दिएको जानकारी दिए ।

आजसम्म आरडीटी परीक्षण प्रदेश नम्बर १ मा सात हजार ७३७, प्रदेश नं. २ मा पाँच हजार ९२७, वाग्मती प्रदेशमा नौ हजार २९०, गण्डकी प्रदेशमा छ हजार ४८५, प्रदेश नं. ५ मा छ हजार ९८५, कर्णाली प्रदेशमा सात हजार ११४ र सुदूरपश्चिम प्रदेशमा १५ हजार नौवटा परीक्षण भएको छ । हाल १२ हजार ७०१ क्वारेन्टाइनमा रहेका छन् । आइसोलेशनमा १५३ रहेका छन् ।

कोरोना भाइरस सङ्क्रमित १२१ जना पुगेका छन् । तीमध्ये ३३ जना ठीक घर फर्किएका छन् । हालसम्म रेडजोनमा ३४२ रहेका छन् ।

यसैबीच, चीन सरकारले प्रतिबद्धता गरेको स्वास्थ्य सामग्रीमध्ये केही स्वास्थ्य सामग्री आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको छ ।

ती स्वास्थ्य सामग्रीमध्ये ४० हजार थान पसीआर टेष्ट किट, १० हजार डिपोजएल गाउन, एन ९५ मास्क २० हजार र सर्जिकल मास्क आठ हजार र मेडिकल चस्मा १० हजार मन्त्रालयलाई हस्तान्तरण भएको छ ।

 

prabhu mahalaxmi
kumari