stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । निगमले शुक्रवार राति एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवम् सरकारद्वारा उपलब्ध गराईएको ऋणको व्यवस्थापन गर्न अझै चुनौतिपूर्ण अवस्था रहेकोले मूल्य घटेर आएपनि हाललाई बिक्री मूल्य यथावत् राखिएको उल्लेख गरेको छ।

भारतीय आयल निगमले बिहीबार नेपाल आयल निगमलाई पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य केही घटाएर सूची पठाएको थियो । तर, एलपी ग्यासमा भने केही बढेर सूची प्राप्त भएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार पछिल्लो १५ दिनमा निगम केही नाफामा रहने अवस्था आएको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मूल्यअनुसार हाल एलपी ग्यासमा २७७.०२ रुपैयाँ प्रतिसिलिण्डर घाटा रहेको छ । तर पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब ५८ करोड नाफा हुने प्रक्षेपण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

prabhu mahalaxmi
kumari