sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

आईसीपी र आईसीडीमा पूर्वाधार पुगेन

Nimb long ad
Prabhu Insurance Long Ad

वीरगञ्ज । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह (आईसीडी) मा पूर्वाधार अभावले समस्या भोग्नुपरेको व्यवसायीले गुनासो गरेका छन् ।

आईसीपी सञ्चालनमा आएको ५ वर्ष पुग्न लाग्दा पनि त्यहाँ पशु क्वारेन्टाइन र प्लान्ट क्वारेन्टाइनको एकाइ खुल्न नसकेको र यसमा सरोकारका निकाय उदासीन देखिएको आयातकर्ताले बताएका छन् ।

‘आईसीपीमा यी कार्यालय नहुँदा आयात–निर्यातकर्ताहरू आवश्यक प्रक्रियाका लागि अन्यत्र धाउनुपर्ने बाध्यता छ,’ आयातकर्ता सुरेश रुंगटाले बताए ।

ती निकायको एकाइ नहुँदा व्यापारको समय र श्रमको खर्च बढी लागेको रुंगटाको भनाइ छ । यसबाट आयात निर्यातमा असजिलो भएको व्यापारीले बताए ।

आईसीपी र आईसीडीमा दुवै निकायको कार्यालय सञ्चालनमा ल्याउन व्यापारीको माग छ । ती संरचनामा शीत भण्डारणको पनि अभाव रहेको आयातकर्ताको गुनासो छ ।

यी दुवै संरचनाको नियमन गर्दै आएको नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका प्रमुख कमल ज्ञवाली आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको बताउँछन् ।

आयात निर्यात सहजीकरणका लागि गोदाम, पार्किङलगायत संरचना निर्माण भइरहेको ज्ञवालीले बताए । आईसीपीमा निर्माण भएको आवागमनका लेन पनि पूर्ण रूपमा सञ्चालनमा नआएको व्यापारीको भनाइ छ ।

मालसामान र यात्रुसमेतको आवागमन हुने गरी तयार पारिएको एकीकृत संरचनामा अहिलेसम्म यात्रु आवागमन खुल्न सकेको छैन । अध्यागमन कार्यालय सञ्चालनमा नआएको र सुरक्षा संवेदनशीलतालाई कारण देखाएर भन्सारले यात्रु आवागमनलाई पन्छाइरहेको आरोप सरोकारका पक्षले लगाएका छन् ।

करीब २ दशकअघि सञ्चालनमा आएको आईसीडीको पूर्वाधार सुधारमा पनि सरकारी उदासीनता देखिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

prabhu bank
nawakantipur long