stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सम्झौता गर्न प्राधिकरणको निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्ना पोल तथा तार लगायतका संरचना प्रयोगका लागि सम्झौता गर्न सम्बन्धित कम्पनीहरूलाई एक महिने समयसीमा तोकेको छ ।

टेलिभिजन, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकले सम्झौता नगरी पूर्वाधार प्रयोग गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने उल्लेख छ ।

सूचनाअनुसार प्राधिकरणको विद्युतीय संरचना प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिई इन्टरनेट, टेलिफोन तथा केबल टीभी सेवा सञ्चालन गर्ने सेवा प्रदायकले गरेको सम्झौता नवीकरण र सम्झौता नगरेको भए सम्झौता गरेर मात्रै सेवा दिन प्राधिकरणको निर्देशन छ ।

प्राधिकरणले आगामी पुस ७ भित्र सम्झौता तथा सम्झौता नवीकरण नगरी नयाँ लाइन सेवा विस्तार नगर्न पनि सूचित गरेको छ ।

prabhu mahalaxmi
kumari