stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चुनावमा दूरसञ्चार सेवा चुस्त राख्न निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीहरुलाई चुनावका दिनमा दूरसञ्चार सेवालाई थप प्रभावकारी राख्न निर्देशन दिएको छ ।

शुुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले ४ मंसिरको निर्वाचनलाई मध्यनजर गरी अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवालाई थप प्रभावकारीताका साथ सञ्चालन गर्न र प्राविधिक कारणबाट सेवा प्रवाहमा अवरोध सिर्जना हुन नदिन निर्देशन दिएको हो ।

तत्काल मर्मत सम्भार गर्नुपर्ने अवस्था आइपरेमा तुरुन्तै टोली खटाउन सकिने गरी व्यवस्थापन मिलाउन प्राधिकरणले भनेको छ ।

निर्वाचन  आयोगबाट जारी भएको  आचार संहिता विपरीत  दूरसञ्चार सेवाको पूर्वाधार प्रयोग गर्न/गराउन रोक्न समेत प्राधिकरणले निर्देशन दिएको छ ।

prabhu mahalaxmi
kumari