stcnepal long ad
global ime bank long

साल्ट ट्रेडिङ कपोरेसनले चिनी खरिदको स्वीकृति माग्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

राकेश ढकाल

आर्थिक सञ्जाल २०७७ वैशाख २२ गते सोमबार

काठमाडौं । साल्ट ट्रेडिङ कपोरेसनले ५० हजार मेक्ट्रिकटन चिनी खरिदको स्वीकृतिका लागि सरकारसँग माग गरेको छ । कर्पोेरेसनसँग भएको मौज्दात चिनी सकिन लागेपछि साल्ट ट्रेडिङले चिनी खरिदको स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गरेको हो ।

कर्पोरेसनका उपमहानिर्देशक कुमार राजभण्डारीले बन्दाबन्दीमा साल्ट ट्रेडिङसँग चिनी तीन हजार सात सय टन मात्रै मौज्दात रहेकाले खरिदको स्वीकृतिका लागि एक महिनाअघि मन्त्रालय समक्ष निवेदन पेस गरेको जानकारी दिनुभयो । हाल साल्ट ट्रेडिङसँग रहेको चिनीको मौज्दातले अबको एक महिना धान्न कठिन पर्ने पनि उहाँले जानकारी दिनुभयो ।

उप महाप्रवन्धक राजभण्डारीले बन्दाबन्दी (लकडाउन) को अवधिमा साल्ट ट्रेडिङसँग भएको चिनी साल्ट ट्रेडिङका बिक्री केन्द्र, तीनवटा मोबाइल भ्यान र स्थानीय तहले बाड्ने राहतमा मेक्सिमम चिनी भएको बताउनुभयो ।

चिनी समयमा खरिद नगरे एक/दुई महिनापछि बजारमा महँगो हुन सक्छ त्यसैले बजार भाउ नियन्त्रण गर्न पनि छिटो खरिद गर्नुपर्छ, मन्त्रालयबाट स्वीकृत आउने वित्तिकै खरिद प्रक्रिया सुरु गर्छौं उहाँले थप्नुभयो ।

मन्त्रालयले आवश्यकता र मागलाई ध्यानमा राखेर चिनी खरिदका लागि साल्ट ट्रेडिङलाई छिटै स्वीकृत दिने तयारी गरेको जनाएको छ ।
साल्ट ट्रेडिङका अनुसार यस कम्पनीसँग हाल एक लाख तीन हजार मेट्रिक टन नून मौज्दात रहेको छ भने ४५ हजार मेट्रिक टन नून यही साता आइपुग्ने क्रममा छ । साल्ट ट्रेडिङसँग रहेको यो परिमाणको नूनले झन्डै एक वर्षको माग धान्ने अनुमान गरिएको छ ।

IME Lifesidebar
kumari