citizens life insurance long ad
stcnepal long ad

बेलायत पठाइदिन्छु भन्दै ११ लाख २० हजार ठगी गर्ने ठगी गर्ने पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बेलायत पठाइदिन्छु भनि नगद ११ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं मैतिदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका–२ ठेगाना भएका ३३ वर्षीय तिलक बहादुर बस्नेतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सीका संचालक समेत रहेका बस्नेतले पीडितहरूलाई अमेरिका, बेलायत लगायतका देशमा भिषा उपलब्ध गराउने भन्दै प्रलोभन देखाई पटक पटक गरी उक्त रुपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उक्त कन्सलटेन्सी शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाबाट अनुमति समेत नलिई संचालन गरेको पाइएपछि उनलाई काठमाडौं पुतलीसडकबाट पक्राउ गरेको हो ।

उनी उपर ठगी सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

IME Life
kumari