citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २१ गते आइतबार 

काठमाडौं ।  नेपाल सरकार,गृह मन्त्रालय मन्त्रीस्तरको २०७७ बैशाख १७गतेको निर्णय अनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका १९जना वरिष्ठ प्रहरी अधिकृतहरु र गृह मन्त्रालय सचिवस्तरको २०७७ बैशाख १८ गतेको निर्णय अनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २४ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनु भएको छ ।

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उहाँहरुलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएकाअधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात प्राप्त गर्ने जिम्मेवारी एवम् संगठनकोउद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरीउत्कृष्ट काम गर्न निर्देशन दिनुभयो । बढुवासँगै प्रहरी अधिकृतहरु थपरचानात्मक भई निष्ठा र पदीय आचरण पालन गरीराज्यले सुम्पेको दायित्व र भूमिका निर्वाह गर्न सफल हुनुपर्ने उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नतिमा मूल्याङ्कनका सूचक र विधिबारे चर्चा गर्दै हरेक दृष्टिकोणलेअब्बल भई पदोन्नति भए अनुसार आफ्नो जिम्मेवारी पूरा गर्नेतर्फ उन्मुख हुनुपर्ने बताउनु भयो । राष्ट्रप्रतिको जिम्मेवारी कति छ सोचेर आफैं उदाहरणको रुपमा प्रस्तुत भई जिम्मेवारी पूरा गर्न दृढता र बफादारिता प्रदर्शन गर्दै उच्च मनोबलका साथ नागरिकको सेवामा लाग्नुपर्ने बताउनु भयो ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कारण सिर्जना भएको विषम परिस्थितिमा सक्रिय रुपमा अग्रपङ्तिमा खटिएको प्रहरी संगठनकाकार्यकोउच्च प्रशंसा भएको उल्लेख गर्दै उहाँलेप्रहरी कर्मचारीहरुले थप संवेदनशील र व्यवसायिक भई परिस्थिति अनुसार कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।

यस बिषम परिस्थितिमा हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप सक्रिय तथा संवेदनशील भई कार्य गर्न समेत उहाँले निर्देशन दिनुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी वरिष्ठउपरीक्षक वीरेन्द्र कुमार बस्यालले संगठनले राखेको अपेक्षा पूरा गरी संगठनको गरिमा माथि उठाउनका लागिसदैव तल्लीन रहने उल्लेख गर्नुभयो । पदोन्नति पछिप्राप्त थप जिम्मेवारीलाईपारदर्शिता एवम् इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धताउहाँले व्यक्त गर्नुभयो ।

 

gold
himalayan life insurance long ad
kumari bank