stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २१ गते आइतबार 

काठमाडौं ।  नेपाल सरकार, मन्त्रीपरिषद्को  २०७७ बैशाख ज्ञद्ध गतेको निर्णय बमोजिम मिति २०७७ बैशाख १९ गतेबाट रथी दर्जामा पदोन्नती हुनु भएका उपरथी प्रभुराम शर्मालाई आज  २०७७ बैशाख १९ गते जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

साथै उक्त कार्यक्रममा नेपाल सरकार, मन्त्रीपरिषद्को २०७७ बैशाख १९ गतेकै निर्णय बमोजिम २०७७ बैशाख १४ गतेबाट उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी आनन्द कुमार अधिकारी र २०७७ बैशाख १९ गतेबाट उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी संजय थापालाई समेत प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

रथी दर्जामा पदोन्नती हुनुभएका रथी प्रभुराम शर्मालाई बलाध्यक्षको जिम्मेवारी दिईएको छ भने उपरथी दर्जामा पदोन्नती हुनुभएका उपरथी आनन्द कुमार अधिकारीलाई उपत्यका पृतना हे।क्वाको पृतनापति र उपरथी संजय थापालाई मध्य पश्चिम पृतना हे.क्वा.को पृतनापतिको जिम्मेवारी दिइएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

prabhu mahalaxmi
kumari