stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जापानमा ६.१ म्याग्निच्युडको भूकम्प

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

जापानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार मध्य जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि टोकियोलगायतका सहरमा धक्का महसुस गरिएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन् ।

भूकम्प सोमबार साँझ मध्य मिई प्रिफेक्चरको करिब ३५० किलोमिटर ९२१७ माइल० गहिराइमा गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

सार्वजनिक प्रसारक एनएचकेका अनुसार भूकम्पबाट फुकुशिमा आणविक संयन्त्रहरूमा कुनै क्षति रिपोर्ट गरिएको छैन ।

अमेरिकी भूगर्भ सर्वेक्षणले पनि ६.१ रेक्टर स्केलको भूकम्प मापन गरेको छ । भूकम्पको केन्द्रबिन्दुबाट सयौं किलोमिटर टाढा रहेको उत्तरी टोकियोको फुकुशिमा र इबाराकी प्रान्तहरूमा धक्का महसुस गरिएको थियो ।

prabhu mahalaxmi
kumari