citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २१ गते आइतबार

काठमाडौं ।विश्व प्रेस स्वतन्त्रता दिवसको हार्दिक शुभकामना भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नारा सहित आज विश्वभर मनाउदै गरेको विश्व प्रेस स्वतन्त्रता दिवस २०७७ को अवसरमा पत्रकार महासंघ उपत्यका प्रदेश समितिको तर्फबाट प्रत्यक्ष वा परोक्ष रुपमा स्वतन्त्र प्रेसको लागि आफ्नो जीवन उत्सर्ग तमाम ज्ञात अज्ञात सर्वै सञ्चारकर्मी प्रति श्रद्धा सुमन सहित ……

देशैभरका सम्पूर्ण वरिष्ठ तथा समकक्षी पत्रकार एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त अभिव्यक्त गर्दछौं । पछिल्लो समय विश्वनै कोभिड १९ संक्रमणको चपेटामा जेलिएको अवस्थामा हाम्रो मुलुक पनि अक्षुतो रहेको छैन ।

यहाँ पनि संक्रमणको उच्च जोखिम रहेकै कारण लकडाउन जारी रहेको अवस्था छ । त्यअर्थमा हामी जहाँ छौं त्यहिं रहेर अभिव्यक्ति तथा स्वतन्त्र प्रेसको लागि आवाज मुखरित गर्नु पर्ने अवस्था सिर्जना भएको छ । यद्यपी नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षज्यूको प्रमुख आतिथ्यतामा ‘प्रेस स्वतन्त्रता र भय तथा पक्षधरतामुक्त पत्रकारिता’ शीर्षकमा आज दिउसो १ वजे विशेष डिजीटल संवाद कार्यक्रम आयोजना सहित दक्षिण एशियाको प्रेस स्वतन्त्रता अवस्थाबारे अन्तराष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को अनुगमन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ ।

त्यस्तै महासंघका प्रदेश समिति र शाखाहरुको आयोजनामा देशभर विविध कोभिड संक्रमणको जोखिमका कारण जारी लकडउनबाट प्रताडित सञ्चारकर्मीलाइ राहत वितरणको कार्यक्रम सहित दिवस मनाइँने भएको छ ।

साथै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सरकारले संविधानको मर्म र भावना विपरित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाइ प्रभावमा पार्ने नियतका साथ ल्याईएका वा तर्जुमा गरिएको प्रतावि गरिएका कुनै पनि कानुन प्रेस स्वतन्त्रता माथिकै गम्भीर चुनौतिको प्रारुपमा देखिएको अवस्था छ।

साथै समाचार लेखेकै आधारमा पत्रकारलाई साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गर्ने क्रम बढ्नुले नेपाली पत्रकारितामा नयाँ चुनौति थपिएका कारण विद्यमान यावत यी यस्ता तमाम समस्याको समाधानका लागि फेरि एकपटक काँधमा काँध मिलाउदै सघर्षको मैदानमा होमिनु पर्ने संभावना बढ्दो रहेको छ ।

साथै सञ्चार क्षेत्रले पनि आफूलाई मर्या्दित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्दै जानु पर्ने अवस्था पनि हामीवीच तड्कारो देखिएको छ.।

ले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिबृद्धिका लागि केन्द्र र प्रदेश स्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, समानुपातिक विज्ञापन, संचार माध्यमलाई संचार सेवा उद्योगको मान्यता,पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था लगायतका यावत मागहरू पूरा गर्न उपत्यका प्रदेश समितिको तर्फबाट समेत सरकारको ध्यानाकर्षण गराउदै विश्व प्रेस स्वतन्त्रता दिवस २०२० को अवसरमा पुनः सबैमा हार्दिक बधाईं तथा शुभकामना अभिव्यक्त गदछौं ।

gold
kumari bank