citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

आजको डलरको भाउ कति छ ?

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख २१ गते आइतबार

काठमाडौं । आज आइतबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२० रुपैयाँ ४८ पैसा तोकिएको छ । पछिल्ला दिनहरुमा डलरको भाउ उच्च विन्दुमा अडिइरहेको छ । विश्व अर्थतन्त्रमा कोरोना प्रभाव पर्दा लगानीकर्ताको ध्यान डलरमा गएको हो । अन्य मुलुकको अर्थतन्त्र कमजोर हुँदा पनि डलर थप मजुबत रहन सकेको हो । विश्व बजारमा पेट्रोलियम पदार्थ, सेयर बजार पनि माथि उठ्न सकेका छैनन् । यसर्थ पनि लगानीकर्ताहरु सुन र डलरमा आकर्षित भएका छन् ।

साथै, अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा पनि खस्केको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको सीधा प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ । डलरसँग भारु जुन दरमा अवमूल्यन हुन्छ त्यहीअनुसार नेपाली मुद्राको अवमूल्यन हुने गर्छ । अर्थशास्त्रीहरुले आगामी दिनमा अझै अमेरिकी डलरको भाउ बढ्न सक्ने अनुमान गरिरहेका छन् ।

gold
himalayan life insurance long ad
kumari bank