stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नक्कली सुन धितो राखेर कर्जा लिई ठगी 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

कास्की । विभिन्न मितिमा विभिन्न खालका नक्कली सुनका गहनाहरू धितो राखेर २४ लाख ५ हजार रुपैयाँ कर्जा लिई ठगी गरेको अभियोगमा पर्वत कुश्मा नगरपालिका३ घर भई पोखरा महानगरपालिका–१८ सराङकोट बस्ने २५ वर्षीय अभिसेक सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनारले राष्ट्रिय वाणिज्य बैंकको पोखरा महानगरपालिका(१७ बिरौटा शाखाबाट १६ लाख ६० हजार रुपैयाँ र सोही महानगरपालिका–८ पृथ्वीचोक शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ गरी जम्मा २४ लाख ५ हजार रुपैयाँ कर्जा लिई लामो समयसम्म कर्जाको साँवाव्याज बुझाउन नआएपछि धितोको गहना जाँच गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै धितो राखेका उक्त गहनाहरू नक्कली सुनबाट तयार गरिएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनी उपर जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

prabhu mahalaxmi
kumari