citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले  तिहारमा सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आगामी बिहीबार र शुक्रबार सुनका असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ।

राष्ट्र बैंकले २.५ ग्रामका सुनका असर्फी र १० ग्रामका चाँदीका मेडालियन बिक्री गर्न लागेको हो। यसका लागि वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी असर्फी उत्पादन भइरहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले जानकारी दिए।

यस वर्ष लक्ष्मी,गजलक्ष्मी र गणेशको आकृति अंकित चाँदीका मेडालियन पनि बिक्री गरिनेछन्। एक व्यक्तिले एक थान सुनको असर्फी र तीन थानसम्म चाँदीका मेडालियन खरिद गर्न पाउनेछन्।

सुनचाँदीको सोही दिनको बजार मूल्यमा उत्पादन लागत जोडेर मूल्य निर्धारण गरिनेछ। बजार मूल्यभन्दा करिब १० देखि १५ प्रतिशत महँगो पर्ने अनुमान गरिएको छ।

राष्ट्र बैंकसँग सीमित मौज्दात रहेकाले दुई दिन मात्र बिक्री गरिने र पहिले आउनेलाई प्राथमिकता दिइने दाहालले बताए।

IME Life
kumari