citizens life insurance long ad
stcnepal long ad
national life

निर्वाचनमा स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Prabhu Insurance Long Ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीड(भाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले कोरोना संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीड–भाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । मन्त्रालयका सहायक प्रवक्ता डा। समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रममा भीड–भाड गर्दा कोरोना संक्रमण दर बढ्न सक्ने बताउनुभयो ।

उहाँले देशमा कोरोना संक्रमण दर धेरै नभएपनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गर्नुभयो ।

उहाँले भीड(भाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनु जरुरी रहेको बताउनुभयो । डा. अधिकारीले कोरोना विरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भीड(भाड हुने ठाउँमा नजान पनि आग्रह गर्नुभयो ।

डा. अधिकारीले विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण घटेको बताउनुभयो । देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उहाँको भनाइ छ ।

तर पनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउन सक्ने सम्भावनका कारण सावधानी अपनाउनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । देशमा अहिले ६ सयको हाराहारीमा कोरोना संक्रमितहरु रहेको उहाँले बताउनुभयो ।

himalayan life insurance
igi long