stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

पेट्रोलियम कारोबार ऐन आउँदै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १९ गते शुक्रबार 

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम कारोबार ऐन ल्याउने भएको छ ।

मन्त्रालयले पेट्रोलियम पदार्थको कारोबारलाई अझ व्यवस्थित र पारदर्शी बनाउन नयाँ ऐनको प्रस्ताव सैद्धान्तिक सहमतिका लागि दुई दिनअघि मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ ।

पेट्रोलियम पदार्थको कारोबारलाई नयाँ ढङ्गले समय सान्दर्भिक बनाएर सहजता कायम गर्न कारोबार ऐन ल्याउनु आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

पेट्रोलियम पदार्थको बिक्री वितरण मात्र नभई त्यसको नियमन प्रभावकारी नभएको महसुस गरी मन्त्रालयले यस्तो ऐन ल्याउने तयारी थालेको जनाएको छ ।

पेट्रोलियम पदार्थ कारोबारको लागि शक्तिशाली नियमनकारी निकायको आवश्यकता महसुस गरी कारोबार ऐन ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long