stcnepal long ad
global ime bank long

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १८ गते बिहीबार 

बर्दिया । गुलरिया नगरपालिका-६ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर ४६ ग्राम ४ सय ३० मिलिग्राम सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कैलाली टिकापुर नगरपालिका-१ घर भएका २८ वर्षीय राजन रावल, कैलाली लम्की चुवा नगरपालिका-५ घर भएका २९ वर्षीय रोशन कडायत, दैलेख दुल्लु नगरपालिका-७ घर भएका २७ वर्षीय आकाश शाह र कैलाली टिकापुर नगरपालिका-९ घर भएका ३३ वर्षीय रमेश न्यौपाने रहेका छन् ।

उनीहरुले बा.१२ च ६२९९ नम्बरको गाडीमा लागूऔषध ब्राउन सगुरको कारोबार तथा ओसार पसार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उक्त गाडी नियन्त्रणमा लिई खानतलासी गर्दा गाडीको स्टेरिङभित्र कालो रङको प्लाष्टिकमा पोको पारी लुकाई राखिएको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

IME Lifesidebar
kumari