citizens life insurance long ad
stcnepal long ad
national life

संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा नेपाली सेनाद्वारा विशेष कार्यक्रमको आयोजना

Prabhu Insurance Long Ad

काठमाडौं । संयुक्त राष्ट्रसंघको स्थापना भएको दिन अर्थात यून दिवस को अवसर पारेर नेपाली सेनाले २ दिने विशेष कार्यक्रम गर्ने योजना अनुरुप आज २०७९ कार्त्तिक ५ गते जङ्गी अड्‍डास्थित खेल मैदानमा प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यमा “Solidarity for International Peace and Stabilityथिममा आधारित रही विशेष कार्यक्रम आयोजना गरेको छ ।

बलाध्यक्ष रथी सरोज प्रताप राणाको स्वागत मन्तव्य सहित शुरु भएको उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीद्वारा मार्च पाष्ट प्रदर्शन, नेपाली सेनाद्वारा विभिन्न प्रकारका झाँकी, ब्ष्पष्मयAikido, जुम्बा, व्याण्ड डिस्प्ले गर्नुका साथै काठमाण्डौं उपत्यका भित्रका सैनिक आवासिय महाविद्यालयरविद्यालय र राष्ट्रिय सेवा दलका शिक्षार्थीहरुद्वारा नृत्य प्रदर्शन गरिएको थियो ।

साथै, उक्त कार्यक्रमको दौरान ५ कि.मि. वाकाथन र ३२०० मिटर साईकल स्प्रिन्ट प्रतियोगिता समेत संचालन गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, रक्षा सचिव किरणराज शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपालस्थित विभिन्न देशका कुटनितिक नियोगका पदाधिकारीहरु, नेपालस्थित संयुक्त राष्ट्र संघको विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, सञ्‍चारकर्मीहरु लगायत नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रम पश्चात, प्रधान सेनापति महारथी शर्माले विभिन्न खेलकुद ईभेन्टका विजेताहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।

दोश्रो दिनको कार्यक्रम अन्तर्गत २०७९ कार्तिक ६ गते  जङ्गी अड्‍डामा माननीय परराष्ट्र मन्त्री डा. श्री नारायण खड्काको प्रमुख आतिथ्यमा ूभ्mभचनष्लन ऋबउबदष्ष्तिथ च्भत्रगष्चझभलतक ष्ल ग्ल् एभबअभ इउभचबतष्यलक बलम ध्बथ ँयचधबचमू “Emerging Capability Requirements in UN Peace Operations and Way Forward”विषयक एक दिने अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्ने कार्यक्रम रहेको छ ।

नेपाली सेनाद्वारा आयोजित यस प्रकारको कार्यक्रमले विश्व शान्ति स्थापना कार्यमा नेपाली सेनाको कटिबद्धता राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा उजागर हुने विश्वास नेपाली सेनाले लिएको छ ।

himalayan life insurance
igi long