citizens life insurance long ad
stcnepal long ad

डलरको भाउले फेरि अर्को नयाँ उचाई, पुग्यो १३२ माथि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार आज असोज २ गते १ डलरको भाउ (बिक्रीदर) १३२ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

यस्तै, खरिददर पनि १३१ रुपैयाँ ४८ पैसा कायम भएको छ । जुन हालसम्मकै उच्च विन्दु हो । यसअघि असोज ३० गते १ डलरको भाउ (बिक्रीदर) १३२ रुपैयाँ ०७ पैसा पुगेको थियो । यस्तै, खरिददर पनि १३१ रुपैयाँ ४७ पैसा कायम भएको थियो ।

पछिल्लो समय डलर मजबुत बन्दा अन्य मुद्राहरुमा दबाब परेको छ । डलरको तुलनामा भारतीय मुद्रा (भारु) पनि इतिहासकै कमजोर बनेको छ ।

भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । विशेषगरी, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदरमा निरन्तर वृद्धि गरेपछि डलर मजबुत बनेको छ ।

यसले विकासशील राष्ट्र तथा नेपाल जस्ता आयातमुखी अर्थतन्त्र भएका देशहरुको अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ ।

डलर मजबुत बन्दा निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।

IME Life
kumari