stcnepal long ad
global ime bank long

टानद्वारा पर्यटन सम्बद्ध मजदूरलाई राहत वितरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते आइतबार

पोखरा । ट्रेकिङ्ग एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलले पर्यटन मजदूरलाई राहत वितरण गरेको छ । टानमा आबद्ध १६० कम्पनीलाई पत्राचार गरेर कम्पनीमा आबद्ध अति विपन्न मजदूरको नाम सङ्कलन गरेर राहत वितरण गरेको बताइएको छ ।

बन्दाबन्दीले पर्यटन सम्बद्ध विशेषगरी पथप्रदर्शक र भरियाका रुपमा काम गर्दै आएका ८६ मजदूरलाई टानले आज राहत प्रदान गरेको सचिव जीवन सापकोटाले जानकारी दिए । उनका अनुसार प्रत्येक मजदूरलाई रु एक हजार ४०० बराबरको राहत दिएको र राहतमा १५ केजी चामल, दुई केजी दाल, एक पोका चना, मस्यौरा, एक लिटर तेल, नुन र साबुन प्रदान गरिएको छ ।

पोखरामा कोरोना सङक्रमण रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीले छाक टार्न समस्यामा परेका पदयात्रा पर्यटन सम्बद्ध मजदूरलाई राहत प्रदान गरेको उनको भनाइ छ । “देशका विभिन्न जिल्लाबाट पोखरामा आएर पथप्रदर्शक र भरियाका रुपमा कार्यरत मजदूरको वर्तमान  अवस्थालाई ध्यान दिएर ८६ जनालाई राहत वितरण गरेका हौँ”, सापकोटाले भने ।

 

 

पोखरामा हाल अनुमति पत्र प्राप्त पथप्रदर्शक र भरिया गरी करीब एक हजार ५०० रहेका छन् । तीमध्ये पनि अति असहज अवस्थामा दैनिकी गुजारिरहेका मजदूरको पहिचान गरेर राहत वितरण गरेको टान अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

“राज्यले लागू गरेका टिम्समा (ट्रेकिङ इन्फरमेशन म्यानेजमेन्ट सिष्टम) नेपाल पर्यटन बोर्ड र टानबीच सम्झौता भएर मजदूर कल्याणकारी कोषका लागि १० प्रतिशत छुट्याए पनि त्यो रकम मजदूरको कल्याणका लागि खर्च भएको छैन, अहिलेको विषम अवस्थामा मजदूरलाई त्यो कोषबाट राहत दिनुपर्छ ।”

टानका प्रथम उपाध्यक्ष सुशीलराज पौडेलले बन्दाबन्दी खुले पनि पर्यटकको आगमन तत्काल हुन नसक्ने भन्दै सरकारले पदयात्रा व्यवसाय सञ्चालकलाई पनि विशेष प्याकेज ल्याएर राहत दिनुपर्ने बताए ।

टानले पोखरा महानगरपालिकाको राहत कोषका लागि ५० हजार र ६ नं वडालाई ५० हजार गरी नगद एक लाख सहयोग गरेको थियो ।

IME Lifesidebar
kumari