century bank long ads
adbl long ad
himalayan Everest Insurance long ad
stcnepal long ad

बजेट अभावले पेट्रोल भण्डारणगृह निर्माण ढिलाइ

civilbank long ad
citizens life insurance long ad
himalayan Everest Insurance long ad

काठमाडौँ । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको दोस्रो चरणको काम बजेट अभावका कारण अगाडि बढ्न सकेको छैन ।

पाइपलाइनबाट पेट्रोल ल्याउन बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणगृह निर्माणको प्रक्रिया अगाडि बढ्न नसकेको हो ।

अमलेखगञ्जमा पेट्रोल भण्डारणगृह नहुँदा पाइपलाइनबाट पेट्रोल आयात भएको छैन । हाल पाइपलाइनबाट डिजेल मात्र आयात भइरहेको छ ।

भण्डारण गृहको लागत नेपाल आयल निगमले बेहोर्नुपर्ने र इन्डियन आयल कर्पोरेसन ९आईओसी० को प्राविधि सहयोगमा भण्डारगृह निर्माण हुनेछ ।

नेपाल आयल निगम अमलेखगञ्ज कार्यालयका प्रमुख प्रदीप यादवले टेन्डर आह्वान गर्दा बैङ्क ग्यारेन्टी दिनुपर्ने हुँदा रकम अभावले गर्दा काम अगाडि बढ्न बताउनुभयो ।

भण्डारणगृह निर्माण गर्न सामान आइसके पनि काम सुरु हुन नसकेको उहाँले जानकारी दिनुभयो । भण्डारणगृह निर्माण गर्न आईओसीलाई वर्क आदेशका लागि ११ करोड रुपियाँ बैङ्क ब्यालेन्स देखाउनुपर्छ, रकम नहुँदा काम अगाडि बढ्न नसकेको उहाँले जानकारी दिनुभयो । हाल पेट्रोल ट्याङ्करबाट आयात भइरहेको छ ।

अमलेखगञ्ज, थानकोट र पोखराका लागि अहिले दुई हजार ट्याङ्कर भारतको बरौनी गएर पेट्रोल ल्याउने गरेका छन्, ढुवानी भाडा प्रतिलिटरमा तीन रुपियाँ र ५० पैसा प्राविधिक नोक्सान हुने गर्छ, उहाँले भन्नुभयो ।

पाइपलाइनबाट पेट्रोल ल्याउँदा ढुवानी भाडा र प्राविधिक नोक्सान गरेर मासिक १५ करोड रुपियाँ बचत हुने उहाँले जानकारी दिनुभयो ।

भण्डारणगृह निर्माण गर्न एक अर्ब ३० करोड रुपियाँ लागत लाग्ने अनुमान गरिएको यादवले बताउनुभयो । भण्डारणगृह नहुँदा मासिक १५ करोड रुपियाँ पेट्रोल ढुवानीबापत खर्च हुने गरेको उहाँले जानकारी दिनुभयो ।

अमलेखगञ्जमा पेट्रोल भण्डारण गर्न चार हजार एक सय किलोलिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण गरिनेछ ।

यस्तै डिजेल र पेट्रोलको गुणस्तर परीक्षण गर्न प्रयोगशाला र आधुनिक प्रविधिसहित ट्याङ्कर ‘लोड–अनलोड’ गर्न २४ वटा ट्याङ्कर लोडिङ फिलिङ सेट निर्माण गर्न गरिने छ । २४ वटा ट्याङ्कर लोडिङ फिलिङ सेटबाट स्वचालित रूपमा तेल लोड अनलोड हुन्छ ।

हाल नेपालमा कुनै पनि डिपोमा यस्तो प्रणाली नभएको निगमले जनाएको छ । यो प्रणालीबाट लोड अनलोड गर्दा आगलागी हुने जोखिम न्यूनीकरण हुन्छ ।

यो परियोजनाको पहिलो चरणको काम सम्पन्न भएर २०७६ भदौ २४ देखि पाइपलाइनबाट डिजेल आउन सुरु भएको हो ।

नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुसार दोस्रो चरणको काम आईओसीले गर्नेछ । सन् २०२४ जनवरीमा पूर्वाधार निर्माण सकेर पाइपलाइनबाट तेल आयात गर्ने निगमको लक्ष्य छ ।

निगम र आईओसीको संयुक्त लगानीमा रक्सौलदेखि अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणको काम दुई अर्ब ७५ करोड भारतीय रुपियाँमा सम्पन्न भएको थियो ।

रक्सौलदेखि अमलेखगञ्जसम्म ३५ किलोलिटर दूरीमा पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ । पाइपलाइनबाट हाल प्रतिघण्टा २५० किलोलिटरका दरले डिजेल आउने गरेको कार्यालयले जानकारी दिएको छ ।

पाइपलाइनबाट ल्याएको डिजेल वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, काठमाडौँ, पोखरा, चितवनलगायतका जिल्लामा आपूर्ति भइरहेको छ ।

अमलेखगञ्जमा हाल १९ हजार किलोलिटर क्षमताको डिजेल र दुई हजार एक सय किलोलिटर पेट्रोल भण्डारण क्षमता रहेको छ ।

नेपालका तर्फबाट तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र भारतका तर्फबाट प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्रम प्रधानबीच २०७२ भदौ ७ गते पेट्रोलियम पाइपलाइन परियोजना निर्माण गर्न सम्झौता भएको थियो ।आजको गोरखापत्र दैनिकबाट

५ असोज २०७९, बुधवार ०७:०७ बजे प्रकाशित

century bank long ads
stcnepal long ad