जिफन्ट हेटौंडा उपमहानगरपालिका कमिटीको भेला
हेटौंडा । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) हेटौंडा उपमहानगरपालिका कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रम कमिटीका अध्यक्ष कमरेड राजु आचार्यको अध्यक्षतामा यहि असोज ४ गते जिफन्ट प्रदेश संपर्क कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कमरेड रामेश्वर रानाले योगदानमा आधारित सामाजिक सुरक्षा सुरु गर्ने एमाले हो मंसिर ४ बाट एमालेको सरकार बन्छ र सबै श्रमीकहरुको लागि सामाजिक सुरक्षा एमाले ले लागू गर्छ भन्नुभयो।
आगामी निर्वाचनमा एमालेको जित सुनिस्चित भएको र सामाजिक न्याय र लोककल्याणकारी राज्य ब्यवस्था स्थापनाको लागि एमालेलाई जिताउन आजै देखि सबै श्रमिकलाई परिचालित हुन निर्देशन दिनुभयो।
कार्यक्रमका अतिथी पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले श्रमिकहरुले बनाएको पार्टीको संरक्षण श्रमिकहरुले नै गर्नुपर्छ भन्नू हुँदै आगामी निर्वाचनमा एमालेलाई जिताउन हरेक श्रमिकले २ मत बढाउने र ५ मत सुरक्षा गर्ने कामकालागि योजना बनाएर लाग्नुपर्ने कुरा जानकारी गराउनु भयो।
कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्यहरु एबं मजदुर इन्चार्ज अर्जुन ढुङेल र गिता कार्किले शुभकामना मन्तव्य राख्नु भएको थियो।
कार्यक्रमको प्रशिक्षण सत्रमा जिफन्ट वाग्मती प्रदेश अध्यक्ष रामहरि नेपालले आठौं रास्ट्रीय महाधिवेशनद्वारा पारित नीति तथा कार्यक्रम बारेमा, उपाध्यक्ष अर्जुन अर्यालले ट्रेड युनियन र राजनीति र नेकपा एमाले मकवानपुर जिल्ला सचिव नवीन सिग्देलले पार्टी र जनसंगठनको सम्वन्ध र हाम्रो भूमिकाको विषयमा प्रशिक्षण दिनु भएको थियो।
कार्यक्रमको संचालन सचिव सुरेश लिम्बुले र स्वागत कमिटीका सदस्य केसव अधिकारीले गर्नु भएको थियो।
उक्त भेलाले नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा मजदुर इन्चार्ज अर्जुन ढुंगेलको संयोजकत्वमा जिफन्ट आवद्ध घटकका प्रतिस्ठान इकाई तहका कमिटीका पदाधिकारी सदस्यहरु रहेको ३५१ सदस्यीय मजदुर क्षेत्र निर्वाचन परिचालन कमिटी समेत निर्माण गरेको छ।























