नेशनल प्रेस क्लबले राष्ट्रिय सम्मान तथा अवार्ड कार्यक्रम गर्ने
काठमाडौं । नेशनल प्रेस क्लब नेपालले भोली २०७९ असोज ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा राष्ट्रिय सम्मान तथा अवार्ड कार्यक्रम २०७९ आयोजना गर्ने भएको छ।
सो कार्यक्रमको प्रमुख अतिथि प्रथम उपराष्ट्रपति परमानन्द झा र विशेष अतिथि बागमती प्रदेशका मन्त्री वसन्त मानन्धर रहने आयोजक संस्थाले जनाएको छ।
कार्यक्रममा पत्रकार,टेलिभिजन कार्यक्रम निर्माता र प्रस्तोता,सामाजिक अभियान्ता,समाजसेवी, सफल उद्यमी,व्यवसायी, जेष्ठ नागरिक,राष्ट्रिय कलाकार तथा कम्प्युटर विज्ञहरूलाई सम्मान गरिने नेशनल प्रेस क्लबका अध्यक्ष रामकृष्ण कर्माचार्यले बताएका छन।
यसैगरि कार्यक्रममा ११८ शान्तिदिप प्रज्वलन गरिनेछ। राष्ट्रपति र प्रधानमन्त्रीबाट प्राप्त शुभकामना सन्देश बाचन गरिने,दुई शान्ति पुस्तक र दुई शान्तिको गीत विमोचन गरिने भएको छ। साथै सम्मान र अवार्ड कार्यक्रम र सांस्कृतिक कार्यक्रम गरिने आयोजक संस्थाले जानकारी दिएको छ।























