citizens life insurance long ad
stcnepal long ad

कम्प्युटर अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्धा दायर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध मुद्धा दायर गरेको छ ।

आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत श्रेष्ठले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत लिएको आरोपमा विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

कम्प्युटर अधिकृत श्रेष्ठले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग ३०,००० घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठलाई सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा मिति २०७९ साउन १८ गते नियन्त्रणमा लिइएको थियो ।

‘अनुसन्धानको सिलसिलामा आन्तरिक राजस्व कार्यालय, महाराजगन्जकी कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी रु.३०,०००।– लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएकोले निज बिन्दु श्रेष्ठ प्रधानलाई बिगो रु.३०,०००।–(तीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन,  २०५९ को  दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको छ । आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

IME Life
kumari