पूर्वाधार विकासबाटै आर्थिक समृद्धि, सार्वजनिक निजी साझेदारीमा जोड
काठमाडौं । मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार विकासमा पर्याप्त लगानी आवश्यक रहेकोमा जोड दिइएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको चौंथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन २०२२ को उद्घाटन सत्रका वक्ताहरुले पूर्वाधार विकासबाटै नेपालको आर्थिक समृद्धि सम्भव रहेको बताए् ।
यसका लागि सार्वजनिक निजी साझेदारीलाई थपप्रभावकारी र परिणामुखी बनाउनुपर्ने उनीहरुको भनाइ थियो ।
सम्मेलनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचन्ड’ले आर्थिक समृद्धिका लागि निजी क्षेत्र महत्वपूर्ण साझेदार भएको बताए । उनले निजी क्षेत्रलाई अनुकूल वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देशले आर्थिक विकास र समृद्धि हासिल गर्न नसक्ने उनले बताए । ‘त्यहिं बुझेरै हामीले संविधान बनाउँदा र राजनीतिक घोषणापत्रमा पनि यस क्षेत्रको भूमिकालाई महत्वदिएका छौं’उहाँले भने ।
पछिल्लो समय सरकार र निजी क्षेत्रबीच हार्दिक सम्बन्ध बनेको र यसमा नेपाल उद्योग परिसंघको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सरकारले निजी क्षेत्र र निजी क्षेत्रले सरकारलाई हेर्ने सोंचमा परिवर्तन आवश्यक रहेको बताए ।
मुलुकमा लगानीको वातावरण बनाउन राज्यको दायित्व बाँकी रहेको भन्दै अधुरा कामहरु अघि बढाइने बताए । निजी क्षेत्रलाई अझविश्वासमा लिने र विदेशीलगानी वृद्धि गर्न राज्य गम्भिर हुन थप आवश्यक रहेको उनको भनाइ थियो ।
पूर्वाधार विकासलाई अब भौतिक विकासका रुपमा मात्र नहेरी डिजिटल विकासमा पनि केन्द्रित गर्नुपर्ने उनको सुझाव थियो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले यसअघिका तीन वटा नेपाल पूर्वाधार सम्मेलनको उपलब्धीहरुले परिसंघलाई थप हौसला मिलेको बताए ।
परिसंघले सन् २०१४ देखिको पूर्वाधार सम्मेलनले अर्थतन्त्रबलियो बनाउन पूर्वाधारको महत्व बुुझाउने काम गरेको उनले बताए ।
परिसंघले पूर्वाधार विकासमा सार्वजनिक निजी साझेदारीको अवधारणा अघि सार्दै आएकोमा त्यसकै परिणामस्वरुप नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को स्थापनाभएको उनले बताए ।
पूर्वाधार विकासमा सार्वजनिक निजी साझेदारीको आवश्यकतालाई थप सशक्त बनाउन सक्नु पूर्वाधार सम्मेलनको महत्वपूर्ण पलहभएको अध्यक्ष अग्रवालले बताए ।























