citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

‘ब्लाक एण्ड डेकर’को ‘डबल डिलाइट’ योजना सार्वजनिक

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले ‘डबल डिलाइट’ नामक योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरुको खरिद गर्दा स्योर सट उपहार पाउनुका साथै लक्की ड्र’मा पनि सहभागी हुन पाउने छन् ।

लक्की ड्र मार्फत १ भाग्यशाली ग्राहकले एलजी को ५५ इन्चको ओलेद टीभी, १ भाग्यशाली ग्राहकले दुबइ टुर प्याकेज, २ भाग्यशाली जोडीले मेघौली सेराइ टुर प्याकेज र साप्ताहिक उपहार स्वरुप ४ भाग्यशाली ग्राहकहरुले ब्लाक एण्ड डेकरको कार भ्याकुम क्लिनर जित्न सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै स्योर सट उपहार स्वरुप ग्राहकहरुले ब्लाक एण्ड डेकरको एअर फ्राएर, ब्लेन्डर, ग्राएन्डर, जुसर, फुड प्रोसेसर, मिट मिन्सर, टोस्टर ओभन, भ्याकुम क्लिनर र ओएफआर हिटरको खरिदमा अन्तरराष्ट्रिय ब्रान्ड्को पर्फ्युम निःशुल्क प्राप्त गर्न सक्नेछन्, भने एअर ह्युमिडिफायरको खरिदमा एभरेष्ट अरोमाको अरोमा किट (ओएल ) निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै गार्मेन्ट स्टीमरको खरिदमा गुणस्तरीय किचेन एप्रोन निःशुल्क प्राप्त गर्न सक्नेछन् । ब्लाक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको कम्पनीले जनाएको छ ।

ग्राहकहरुले यो योजनाको लाभ यही भदौ १६ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भइरहेको र ब्लाक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनहरूदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ। ब्लाक एण्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।

himalayan life insurance
igi long